किरात मेवाहाङ याखोम्मामा स्वागत छ ।

किरात मेवाहाङ याखोम्मा मेवाहाङ समुदायको हक हितका लागि काम गर्ने साझा संस्था हो । यस संस्थाको केन्द्रीय समिति, जिल्ला समिति, एकाई समिति, उपत्यका कार्य समिति तथा विभिन्न भातृ समितिहरु रहेको छ । याखोम्मा अर्थात समुह वा संगठन भन्ने बुझिन्छ । मेवाहाङ जातिको भाषा, संस्कृति, रितीरिवाज, परम्परा लगायतको संरक्षण संवद्र्धन यस संस्थाको प्रमुख कार्यहरु हुन् । २०७५ सालमा जिल्ला प्रशासन कार्यालय संखुवासभा, समाज कल्याण परिषदमा दर्ता भई विभिन्न कार्य सञ्चालन भई रहेको छ । खाँदबारी नगरपालिका वडा नं। १ मा केन्द्रीय कार्यालय रहेको छ ।

मेवाहाङ जाति बारे

हाम्रा आदी पिता/प्रथम पुरुषको नाम मेवाहाङ थियो । त्यसैनाम जातमा परिणत भएको हो मेवाहाङजाती र शिलिचोङ मेवाहाङ भाषाबाठ राखिएको पहाड/हिमालको नाम हो । आग्रज हरुको लिखित र मौखिक ईतिहास अनुसार छाकुवाका चारभाई छोरा मद्धे माइला छोरा मेवाहाङ थिए । अरुण नदीको आसपासमा कर्मथलो बनाई आवद गरेको मेवाहाङ जाती हौँ । पञ्चायती काल भन्दा पहिला यो क्षेत्र मेवाहाङको किपोट थियो । किपोट क्षेत्र भित्र मेवाहाङ बाहेक अन्य जनजातीले राजिनामा लिएर स्थाईत्वा प्रप्तगर्न सक्दैनथे । ऐजन ढाक्रे (ऐलनी सरह) बसोबास गर्दथ्यो । पुरा पढ्नुहोस … 

केन्द्रिय सदस्यहरु