दलित (कविता)

रश्मिना मेवाहाङ
कक्षाः ११
बरुण बहुमुखी क्याम्पस खाँदबारी ।

सबै मान्छे नै हो, कसैलाई घृणा गर्नुहुन्न
सानो जात भनि विभेद गरे कस्को मन रुन्न ।
समान रुपमा बाँच्नु सबैको नैसर्गिक हो, अधिकार
दलित भनि कसैलाई नगर है अत्यचार

कुकुर घरभित्र पस्दा
मान्छे किन पस्नु हुन्न ।
उसैले सिलाएको लुगा लगाउँदा हुँदा
उसलाई छुन किन हुन्न ।

सानो जात र ठुला जात भनि नगर्नु हेला
यस्तो व्यवहार गर्नु हुँदैन २१औं शताब्दीको बेला
थाहा छ, अरुणमा बगेको पानी फर्केर आउँदैन
जात हेरेर नै कसैलाई विभेद गर्नु हुँदैन ।

क्षेत्री, बाहुन, कामी दमाई सबै मान्छे नै त हो,
खै, कस्ले बनाए पानी नचल्ने अजात भो ।
सगरमाथा जस्तो अटल मन हुनुपर्छ नेपालको,
अनि खुशीको आँशु झर्छन् नेपाली आमाको ।

धन्यवाद ।

(खाँदबारी नगर अन्तर विद्यालय स्तरीय कविता प्रतियोगितामा प्रथम भएको कविता)

Share this article:

Facebook
Twitter
LinkedIn
WhatsApp