मेवाहाङ पुर्खा भेला २०८३

२०८३ साल जेठ ९ गतेदेखि १५ गतेसम्म सिलीचोङ गाउँपालिका को सहयोगमा किरात मेवाहाङ याखोम्मा द्वारा आयोजित मेवाहाङ मुद्दुमी पुर्खा भेलाका केही महत्वपूर्ण झलकहरू। मेवाहाङ समुदायको मौलिक इतिहास, परम्परा, संस्कार र मौखिक ज्ञानलाई भावी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण गर्ने उद्देश्यले यो ऐतिहासिक भेला सम्पन्न गरिएको थियो।

भेलामा मेवाहाङ समुदायका पुर्खा, मुद्दुमविद्, अगुवा तथा जानकारहरूको सक्रिय सहभागितामा मेवाहाङहरूको पवित्र ग्रन्थ मेवाहाङ मुद्दुम को लेखन, संकलन, अध्ययन तथा प्रमाणिकरणको महत्वपूर्ण कार्य अघि बढाइएको थियो। यस अभियानले मेवाहाङ समुदायको सांस्कृतिक पहिचान संरक्षण, पुस्तान्तरण र दस्तावेजीकरणमा दीर्घकालीन योगदान पुर्‍याउने विश्वास गरिएको छ।

Share this article:

Facebook
Twitter
LinkedIn
WhatsApp