किरात मेवाहाङ याखोम्माको पाँचौं बार्षिक प्रतिवेदन २०७९/०८०

किरात मेवाहाङ याखोम्माको पाँचौं साधारण सभाका बिशेष अथितिज्यू !
हाम्रो निमन्त्रणलाई स्वीकर गर्दै आफ्नो अमुल्य समय प्रदान गर्नुहुने आमन्त्रित अथितिज्यूहरु, केन्द्रिय समितिका सम्पुर्ण पदाधिकारी तथा सदस्य ज्यूहरु, आजिवन सदस्यज्यूहरु, सल्लाहकार सदस्यज्यूहरु, विधान मस्यौदा समितिज्यूहरु लगायत माताहतका सबै जिल्ला, नगर, गाउँपालिका, वर्डा ईकाई समितिका प्रतिनिधिज्यूहरु, बिभिन्न संघ–सँस्थाबाट पाल्नुभएका अथितिज्यूहरु, सँस्थाका शुभेच्छुक महानुभावहरु, पत्रकार मित्रहरु मेवाहाङ पासुङ–देलुङ, हाङ–हाङ्गमाची, पापा–मामा, बाङा–छीमा, बुबु–कीत्ना, नाना–नेछाची, तोअ्माङ छुत्तीङ् मेवाहाङ बुदीक्छाची सेवा फो !
यस सँस्थाले पहिलो कार्यकाल पुरा गरी दोश्रो राष्ट्रिय सम्मेलन सिलिचोङ गाउँपालिका २ बालामा २०७९को निर्णय अनुसार दोश्रो कार्यकाल अवलम्बन गर्न सँस्थाको बिधान अपूर्ण महसुस भएको हुँदा पुर्णता दिन वा परिमार्जन गर्न बुद्रोस मेवाहाङज्यूको संयोजकत्वमा तीन सदश्यीय बिधान मस्यौदा समिति गठन गरिएको थियो । फलस्वरुप मस्यौदा समितिले तयार पार्नुभएको बिधानलाई आजको गरिमामय सभामा पेश भई पारित गरियोस् भन्ने सर्वसम्मत परित गरियोस भन्ने आग्रह गर्दै बिधान मस्यौदामा त्रुर्टी भएमा महत्वपुर्ण शुझावकोलागि समेत अनुरोध गर्दछु ।
  आशा गरौँ, विधानमा परिछेद् र दफा थप सहित परिमार्जित विधानले सँस्थाको उदेश्य, लक्ष्य र गन्तब्यमा पु¥याउन सहज हुनेछ । संस्थाको लक्ष्य वा उदेश्य भनेको मेवाहाङ जातिको भाषा, कला, संस्कृति र रीतिरिवाज आदिको खोजपुर्ण अध्यायन–अनुसंधान गरी यसको सम्वर्धन र संरक्षण गर्ने अभिप्रायका साथ हामी सबै एकजुट भई राष्ट्रिय एकता एवं सद्भाव समन्वयका आधारमा आफ्नो गौरवमय अस्थित्वका रुपमा मेवाहाङ जाति, भाषा र संस्कृतिको सम्मान र प्रवद्र्धन गर्न हाम्रो कर्तव्य हो । त्यसको लागि मुलुकमा रहेका अन्य जात–जातिहरुबीच पारसपरिक सहयोग, सद्भाव र भावनात्मक एकता स्थापना गर्नु अपरिहार्य छ ।
 संस्थाले हाल सम्म गरेको महत्वपुर्ण कार्यहरु ः
१. २०७९ फागुन २० र २१ मा दोश्रो राष्ट्रिय सम्मेलन सम्पन्न गरेको ।
२. सिलिचोङ गाउँपालिकाको आर्थिक सहयोमा मेवाहाङ भाषा कक्षा १ देखि ४ को पुस्तक लेखन सम्पन्न गरि पठनपाठन सञ्चालनमा सहजीकरण गरिएको ।
३. सुनसरी र मोरङ जिल्लाको पहलमा रामधुनी न.पा. ७ रासातालमा खुवालुङ–आप्तेलुङ चावा पुजास्थल निर्माण तथा, उभौली उधौलीमा पुजा गर्ने गरिएको ।
४. काठमाण्डौ उपत्यका समितिको सकृयतामा गोकर्ण स्थित भूमेथान स्थापना भएको ।
५. सिलिचोङ–५ याफूमा ईकाई समितिको पहलमा दाताहरुबाट सँस्थाको नाममा करिब ५ रोपनी जग्गा पास ।
६. चिचिला–२ याम्दाङमा समितिको पहलमा सँस्थाको नाममा १ रोपनी जग्गा पास ।
७. नियमित बार्षिक भित्तेपात्रो प्रकाशन गरिएको छ ।
८. पहिलो पटक संस्थाको वेवसाईट निर्माण गरिएको ।
९. केन्द्रीय कार्यालय भवनको जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन गर्ने कामका लागि समिति गठन गरि काम प्रारम्भ गरिएको ।
  १०. पाठ्यपुस्तक लेखन, पठनपाठन, सहजीकरण, अनुशिक्षण र राष्ट्रिय सम्मेलनको लागि विभिन्नस्थानीय सरकार समक्ष आर्थिक प्रस्तावना पेश गरि आर्थिक सहयोग जुटाउने कार्य गरेको ।
११. राष्ट्रिय जनगणनामा मेवाहाङ जातिको जनसंख्या राज्य समक्ष अभिलेखीकरण गर्न गराउन मेवाहाङ समुदायलाई सचेतना अभियान गरि २०६८ को जनगणनामा भन्दा जनसंख्या २०७८ मा २६२७ ले बृद्धि गराउने कार्य गरेको । (जनगणना बर्ष २०७८ अनुसार ५७२७ जना, २०६८ अनुसार ३१०० जना)
१२. कक्षा १ देखि ४ सम्मको पाठ्यपुस्तक लेख्ने क्रममा विकास भएका मेवाहाङ भाषाको शब्दहरु संकलन गर्ने कार्य गरिरहेको आजसम्म लगभग १२०० शब्दहरु थप संकलन गरिएको ।
१३. मातहतका इकाइ समितिहरुको गठन, पुर्नगठन गरिएको ।
१४. मेवाहाङ भाषा र मेवाहाङ जातिको पहिचान राज्य वा अन्य समुदाय समक्ष स्थापना गरिएको । जस्तैः खाँदबारी नगरपालिका, सिलीचोङ र चिचिला गाउँपालिकामा मेवाहाङ जातिको सुचिकरण गराईएको ।
१५. साधरण तथा आजिवन सदस्यता वितरण वा नविकरण गरिएको ।
१६. मेवाहाङ जातिमा बौद्धिक व्यक्तित्व, राजनैतिक क्षेत्रबाट स्थानीय सरकारमा निर्वाचित जनप्रतिनिधी, कलाकार र पत्रकार जस्ता विशिष्टता हासिल गरेका व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्य गरिएको ।
संस्थाले गर्ने भावि योजनाहरु देहाय बमोजिम हुनेछ ः
 १. सिलिचोङ गाउँपालिकाको आर्थिक सहयोगमा मेवाहाङ भाषाको कक्षा ५ को पुस्तक लेखनलाई निरन्तरता दिने ।
 २.मेवाहाङ इतिहास बोकेको ताम्कु र मांतेवाको सिमानामा पर्ने मान्दे्र ढुंगा स्थित याङतापा पार्क निर्माण सुरु गर्ने ।
 ३. विभिन्न निकायसंगको समन्वयमा मेवाहाङ भाषाको प्रथम प्रकाशित शब्दकोशको दोस्रो संस्कणका लागि शब्दकोष शंकलन गर्ने ।
 ४. खाँदबारी नगरपालिका भित्र सँस्थाको नाममा जग्गा खरिद गरी केन्द्रीय कार्यालय निर्माणका लागि पहल गर्ने ।
 ५. परिमार्जित विधान अनुसार सबै तहको समिति गठन÷पुर्नगठन गरि सकृय संगठनको रुपमा संस्थागत गर्ने ।
 ६. संस्थाको सदस्यता बढाउन साधरण तथा आजिवन सदस्यमा सहभागिता तथा साधरण सदस्यता वितरण तथा नविकरण गरि चुस्त दुरुस्त राख्ने । ७. समानान्तर भाषि संस्थाहरुसँग एकिकरणको पहल गरि संस्थागत गर्ने ।
 ८. भाषामा गित, कबिता, कथा (लेख रचना) गर्नेलाई प्रोत्साहन तथा सम्मानको ब्यवस्था गर्ने ।
 ९. मेवाहाङ पुर्खाहरुको पहिचान गरी उहाँहरुको सिप–क्षमताको कदर गरी अभिलेख राख्ने ।
 १०.मेवाहाङ जातिका विषयमा विज्ञ अनुसन्धानकर्ता, पुर्खा लगायतको सहभागीतामा प्राज्ञिक भेला गर्ने ।
११. उपरोक्त कार्यक्रम सञ्चालन गर्न दातृ संस्थाहरुमा प्रस्तावना तयार गरि पेश गर्ने ।
…………….
शंकरदास मेवाहाङ
अध्यक्ष
Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

डाउनलोड [703.99 KB]

Share this article:

Facebook
Twitter
LinkedIn
WhatsApp